दिपेन्द्रले पिएसएलमा आवद्ध

काठमाडौँ, माघ २९ गते । नेपालका अलराउण्डर क्रिकेटर दीपेन्द्रसिंह ऐरी पाकिस्तान सुपर लिग(पिएसएल) मा खेल्ने भएका छन् । इस्लामाबाद युनाइटेडले बुधबार राति भएको ‘प्लेअर अक्सन’मा दोस्रो चरणमा दीपेन्द्रलाई ६० लाख पाकिस्तानी रुपियाँ (३१ लाख नेपाली रुपियाँ)मा आवद्ध गरेको हो ।

दिपेन्द्र पिएसएलमा खेल्ने नेपालका दोस्रो खेलाडी हुनुहुन्छ । यसघि, सन् २०१९ मा सन्दीप लामिछानले लाहोर कलन्दर्सबाट पिएसएलमा सहभािगता जनाएका थिए । पिएसएल अक्सनमा दिपेन्द्रसहित नेपालका अन्य आठ खेलाडी अर्जुन साउद, देव खनाल, विपिन शर्मा, आरिफ शेख, आसिफ शेख, गुलशन झा, सोमपाल कामी र शेर मल्लले नाम दर्ता गराएका थिए ।