सुनको मूल्यमा गिरावट: एकैदिन तोलामा ३ हजारले घट्यो

काठमाडौँ, ४ फागुन । नेपाली बजारमा आज सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले घटेको हो भने चाँदीको मूल्यमा पनि कमी आएको छ ।

महासङ्घले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ३ लाख २ हजार ८०० रुपैयाँ निर्धारण गरेको छ । साताको पहिलो दिन हिजो (आइतबार) सुन प्रतितोला ३ लाख ५ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्यमा पनि प्रतितोला १२५ रुपैयाँले गिरावट आएको छ । आज चाँदी प्रतितोला **४ हजार ८६० रुपैयाँ**मा कारोबार भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा पनि बहुमूल्य धातुको मूल्यमा उतारचढाव देखिएको छ । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस ५ हजार २५ अमेरिकी डलर र चाँदी प्रतिऔँस ७७ अमेरिकी डलरमा कारोबार भइरहेको सञ्चारमाध्यमहरूले जनाएका छन् ।