आजको विदेशी मुद्राको विनिमय दर यस्ताे छ: डलर र पाउण्डको भाउ स्थिर
काठमाडौँ, १६ फागुन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरण अनुसार आज अमेरिकी डलर, युरोपियन युरो र बेलायती पाउण्ड स्टर्लिङको मूल्य अघिल्लो दिनको तुलनामा स्थिर जस्तै देखिएको छ ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ २७ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८७ पैसा कायम गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ४७ पैसा र बिक्रीदर १७२ रुपैयाँ १८ पैसा तोकिएको छ ।
बेलायती मुद्रा पाउण्ड स्ट्रलिङ को भाउ आज खरिददर १९५ रुपैयाँ ८२ पैसा र बिक्रीदर १९६ रुपैयाँ ६३ पैसा रहेको छ । त्यस्तै, स्वीस फ्रयाङ्क एकको खरिददर १८८ रुपैयाँ ०६ पैसा र बिक्रीदर १८८ रुपैयाँ ८४ पैसा निर्धारण गरिएको छ ।
अन्य प्रमुख मुद्राहरू:
अष्ट्रेलियन डलर: खरिद १०३ रुपैयाँ २७ पैसा, बिक्री १०३ रुपैयाँ ७० पैसा ।
क्यानेडियन डलर: खरिद १०६ रुपैयाँ २५ पैसा, बिक्री १०६ रुपैयाँ ६९ पैसा ।
सिङ्गापुर डलर: खरिद ११४ रुपैयाँ ७७ पैसा, बिक्री ११५ रुपैयाँ २४ पैसा ।
जापानी येन (१०): खरिद ९ रुपैयाँ ३२ पैसा, बिक्री ९ रुपैयाँ ३६ पैसा ।
चिनियाँ युआन: खरिद २१ रुपैयाँ १८ पैसा, बिक्री २१ रुपैयाँ २७ पैसा ।
वैदेशिक रोजगारीमा रहेका र रेमिट्यान्स पठाउने नेपालीहरूका लागि महत्त्वपूर्ण मानिने खाडी मुलुकका मुद्रा र अन्य देशको विनिमय दर आज यसप्रकार छ:
साउदी रियाल: खरिद ३८ रुपैयाँ ७३ पैसा, बिक्री ३८ रुपैयाँ ८९ पैसा ।
कतारी रियाल: खरिद ३९ रुपैयाँ ८६ पैसा, बिक्री ४० रुपैयाँ ०२ पैसा ।
यूएई दिराम: खरिद ३९ रुपैयाँ ५५ पैसा, बिक्री ३९ रुपैयाँ ७२ पैसा ।
मलेसियन रिङ्गेट: खरिद ३७ रुपैयाँ ३३ पैसा, बिक्री ३७ रुपैयाँ ४९ पैसा ।
कुवेती दिनार: खरिद ४७५ रुपैयाँ ५२ पैसा, बिक्री ४७७ रुपैयाँ ४८ पैसा ।
दक्षिण कोरियन वन (१००): खरिद १० रुपैयाँ ०८ पैसा, बिक्री १० रुपैयाँ १२ पैसा ।
नेपाली बजारमा भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा यथावत रहेको छ ।