काठमाडौँका यी क्षेत्रमा आज विद्युत् अवरुद्ध हुने, यस्तो छ समयतालिका

काठमाडौँ, ३० फागुन । नेपाल विद्युत् प्राधिकरणले मर्मत तथा नयाँ पोल जडान कार्यका लागि आज (बिहीबार) काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती (सटडाउन) गर्ने भएको छ। बानेश्वर वितरण केन्द्रअन्तर्गतका दुईवटा फिडरमा ११ केभी प्रसारण लाइन मर्मत गर्नुपर्ने भएकाले विद्युत् सेवा अवरुद्ध हुन लागेको हो।

प्राधिकरणले जारी गरेको सूचनाअनुसार आज दुई चरणमा फरक–फरक क्षेत्रमा बिजुली काटिनेछ:
१. पेप्सीकोला र टाउन प्लानिङ क्षेत्र
गोठाटार फिडरअन्तर्गतका पेप्सीकोला र टाउन प्लानिङ लगायतका क्षेत्रमा बिहान ११:०० बजेदेखि दिउँसो १:३० बजेसम्म विद्युत् अवरुद्ध हुनेछ। यस क्षेत्रमा रहेका जीर्ण पोलहरूको मर्मत तथा नयाँ पोल जडानका लागि विद्युत् कटौती गरिएको प्राधिकरणले जनाएको छ।
२. बानेश्वर र बत्तीसपुतली क्षेत्र
बत्तीसपुतली फिडरअन्तर्गत पर्ने मध्य बानेश्वर, पुरानो बानेश्वर र बत्तीसपुतली क्षेत्रमा दिउँसो २:०० बजेदेखि ४:०० बजेसम्म विद्युत् अवरुद्ध हुनेछ।

प्राधिकरणका अनुसार निर्धारित समय अगावै कार्य सम्पन्न भएमा विद्युत् सेवा नियमित रूपमा सुचारु गरिनेछ। विद्युत् कटौतीका कारण उपभोक्तामा पर्न जाने असुविधाप्रति प्राधिकरणले क्षमा समेत मागेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *