देशका विभिन्न स्थानबाट लागुऔषधसहित १३ जना पक्राउ
काठमाडौँ, १० चैत । नेपाल प्रहरीले देशका विभिन्न भागमा चलाएको नियमित गस्ती र चेकजाँचका क्रममा लागुऔषधसहित १३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा एक भारतीय नागरिकसमेत रहेका छन्।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार, विराटनगर महानगरपालिका–१५ बाट लागुऔषध खैरो हेरोइनसहित भारतीय नागरिक मसुल अन्सारीलाई पक्राउ गरिएको हो।
त्यसैगरी, देशका अन्य विभिन्न जिल्लाबाट पनि खैरो हेरोइन र अन्य लागुऔषधसहित थप १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीले उपलब्ध गराएको विवरणअनुसार पक्राउ परेका व्यक्ति र स्थानहरू यसप्रकार छन्:
सुनसरी :इनरुवा नगरपालिका–४, बसचोकबाट २ जना।
कैलाली : धनगढी उपमहानगरपालिका–८, धनगढीगाउँबाट खैरो हेरोइनसहित १ जना ।
सिरहा : गोलबजार नगरपालिका–४, निपाने टोलबाट खैरो हेरोइनसहित १ जना।
नवलपरासी (पश्चिम) : सुनवल नगरपालिका–१२ बाट २ जना।
सुर्खेत : वीरेन्द्रनगर नगरपालिका–१०, बुदबुदेबाट २ जना।
बाँके : जिल्लाका विभिन्न स्थानबाट २ जना।
रुकुम (पूर्व) : भूमे गाउँपालिका–२ बाट २ जना।
पक्राउ परेका सबैमाथि लागुऔषध नियन्त्रण ऐनअन्तर्गत सम्बन्धित जिल्लाका प्रहरी कार्यालयहरूबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।n