राष्ट्रपति पौडेलसमक्ष नवनिर्वाचित सभामुख अर्यालले लिए शपथ
काठमाडौं, २२ चैत । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित एक विशेष समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेलले नवनिर्वाचित सभामुख अर्याललाई शपथ गराएका हुन् ।
शपथ ग्रहण समारोहमा राज्यका उच्चपदस्थ तथा विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो । यसैगरी, नेपाल सरकारका अन्य उच्चपदस्थ सुरक्षा तथा निजामती पदाधिकारीहरूको समेत समारोहमा उपस्थिति रहेको थियो ।