मन्त्रिपरिषद्मा वरीयता हेरफेर : कस्काे वरीयता कहाँ ? यस्ताे छ निर्णय
काठमाडौं, २४ चैत । बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्मा मन्त्रीहरूको वरीयता (मर्यादाक्रम) हेरफेर गरिएको छ । प्रधानमन्त्री शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद् सदस्यहरुको मर्यादाक्रम परिमार्जन गरेका हुन् ।
नयाँ मर्यादाक्रम अनुसार यसअघि तेस्रो वरीयतामा रहेका सुधन गुरुङ दुई स्थान तल झर्दै पाँचौं नम्बरमा पुगेका छन् । उनको स्थानमा परराष्ट्रमन्त्री शिशिर खनाल तेस्रो र ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ चौथो वरीयतामा उक्लिएका छन् ।
त्यसैगरी, यसअघि पन्ध्रौं नम्बरमा रहेकी सीता वादीले वरीयतामा ठूलो छलाङ मारेकी छन् । उनी सिधै आठौं स्थानमा उक्लिएकी छन् । वरीयताक्रमको सबैभन्दा पुछारमा भने श्रममन्त्री साहलाई राखिएको छ ।