अमेरिकी डलरको भाउ बढ्दा यस्तो छ अन्य विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, १ वैशाख । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । नयाँ वर्षको सुरुवातसँगै अमेरिकी डलरको मूल्यमा वृद्धि देखिएको छ भने अन्य प्रमुख विदेशी मुद्राहरूको भाउमा पनि सामान्य फेरबदल भएको छ ।

केन्द्रीय बैंकले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार आज अमेरिकी डलर १ को खरिददर १४९ रुपैयाँ ११ पैसा र बिक्रीदर १४९ रुपैयाँ ७१ पैसा तोकिएको छ ।

राष्ट्र बैंकका अनुसार युरोपियन युरो १ को खरिददर १७४ रुपैयाँ ४२ पैसा र बिक्रीदर १७५ रुपैयाँ १२ पैसा कायम भएको छ । यस्तै, युके पाउण्ड स्ट्रलिङ १ को खरिददर २०० रुपैयाँ ३७ पैसा र बिक्रीदर २०१ रुपैयाँ १७ पैसा पुगेको छ भने स्वीस फ्रयाङ्क १ को खरिददर १८८ रुपैयाँ ८४ पैसा र बिक्रीदर १८९ रुपैयाँ ६० पैसा रहेको छ ।

वैदेशिक रोजगारीका प्रमुख गन्तव्य मानिने मुलुकहरूको मुद्राको भाउ यस प्रकार छ:
साउदी रियाल १: खरिद ३९ रुपैयाँ ७३ पैसा र बिक्री ३९ रुपैयाँ ८९ पैसा ।
कतारी रियाल १: खरिद ४० रुपैयाँ ९० पैसा र बिक्री ४१ रुपैयाँ ०६ पैसा ।
यूएई दिराम १: खरिद ४० रुपैयाँ ५९ पैसा र बिक्री ४० रुपैयाँ ७६ पैसा ।
मलेसियन रिङ्गेट १: खरिद ३७ रुपैयाँ ५१ पैसा र बिक्री ३७ रुपैयाँ ६६ पैसा ।
साउथ कोरियन वन १००: खरिद १० रुपैयाँ ०३ पैसा र बिक्री १० रुपैयाँ ०७ पैसा ।
त्यस्तै, जापानी येन १० को खरिददर ९ रुपैयाँ ३३ पैसा र बिक्रीदर ९ रुपैयाँ ३७ पैसा कायम हुँदा चिनियाँ युआन १ को खरिददर २१ रुपैयाँ ८३ पैसा र बिक्रीदर २१ रुपैयाँ ९१ पैसा पुगेको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर १०५ रुपैयाँ ०६ पैसा र बिक्रीदर १०५ रुपैयाँ ४९ पैसा तथा क्यानेडियन डलर १ को खरिददर १०७ रुपैयाँ ७५ पैसा र बिक्रीदर १०८ रुपैयाँ १८ पैसा निर्धारण गरिएको छ । छिमेकी मुलुक भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा यथावत छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।