विवादमा तानिएपछि गृहमन्त्री सुदन गुरुङद्वारा राजीनामा

काठमाडौँ, ९ वैशाख । विवादित व्यवसायीसँग व्यावसायिक साझेदारी र सेयर कारोबार गरेको आरोप लागेपछि गृहमन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन्।

आफूमाथि उठेका प्रश्नको निष्पक्ष छानबिनका लागि मार्गप्रशस्त गर्दै उनले प्रधानमन्त्री बालेन शाहसमक्ष राजीनामा बुझाएका हुन्।
राजीनामा दिएलगत्तै सामाजिक सञ्जाल फेसबुकमार्फत एक वक्तव्य जारी गर्दै उनले आफूमाथि उठेका प्रश्न र जनचासोलाई गम्भीर रूपमा लिएको बताएका छन्।

पदमा बहाल रहँदा छानबिनलाई प्रभावित पार्न सक्ने र ‘स्वार्थ बाझिने’ अवस्था आउन नदिन आफूले पदत्याग गरेको उनले स्पष्ट पारेका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *