अध्यक्ष ओली र सुदूरपश्चिमका सांसदहरूबीच गुण्डुमा छलफल

काठमाडौँ, २३ बैशाख । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेश सभाका पार्टी सांसदहरूसँग छलफल सुरु गरेका छन्। प्रदेश संसदीय दलको नेता परिवर्तन गर्ने विषयमा पार्टीभित्र विवाद बढेपछि अध्यक्ष ओलीले सुदूरपश्चिमका ११ जना सांसदलाई भक्तपुरको गुण्डुमा बोलाएर छलफल थालेका हुन्।

पछिल्लो समय सुदूरपश्चिम एमालेभित्र संसदीय दलको नेतृत्व परिवर्तन गर्नुपर्ने माग उठ्दै आएको छ। यसै विषयलाई लिएर प्रदेशका केही असन्तुष्ट सांसदहरूले केही समयअघि अध्यक्ष ओलीलाई भेटेर ध्यानाकर्षण गराएका थिए।

एकपक्षीय रूपमा निर्णय गर्दा पार्टीभित्र थप असन्तुष्टि बढ्न सक्ने देखिएपछि अध्यक्ष ओलीले सामूहिक छलफलमार्फत निकास खोज्न सांसदहरूलाई काठमाडौँ बोलाएका हुन्।

हाल जारी बैठकमा संसदीय दलको नेता परिवर्तन गर्ने वा हालकै नेतृत्वलाई निरन्तरता दिएर सहमति जुटाउने भन्ने विषयमा सघन छलफल भइरहेको पार्टी स्रोतले जनाएको छ। यस छलफलपछि सुदूरपश्चिम एमालेको संसदीय दलको नेतृत्व र आगामी रणनीतिका विषयमा ठोस निर्णय आउने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *