एघार तस्बिरमा हेर्नुहाेस सैनिक मञ्च टुँडिखेलकाे गणतन्त्र दिवस

काठमाडौँ, १५ जेठ । गणतन्त्र दिवसका अवसरमा राजधानी काठमाडौँसहित देशभर विभिन्न कार्यक्रम आयोजना गरी उत्सव मनाइँदैछ। यसै सन्दर्भमा काठमाडौँको सैनिक मञ्च टुँडिखेलमा भव्य सरकारी मूल समारोह आयोजना गरिएको छ।

दिवसको स्वागतमा नेपाली सेनाले बिहान टुँडिखेलमा तोपको हर्षबढाइँ प्रस्तुत गरेको थियो। समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री, मन्त्रीहरू, विभिन्न संवैधानिक निकायका प्रमुखहरू, सुरक्षा निकायका प्रमुखहरू तथा समाजका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको छ।

समारोहका क्रममा नेपाली सेना, नेपाल प्रहरी, र सशस्त्र प्रहरी बलका विभिन्न टुकडीहरूले मार्चपास तथा परेड प्रदर्शन गरेका छन्। मुख्य दृश्यहरू तस्बिरमा:

गणतन्त्र दिवस समारोहमा मार्चपास प्रस्तुत
काठमाडौँ, १५ जेठः
गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार काठमाडौँको टुडिँखेलमा आयोजित विशेष समारोहमा सुरक्षाकर्मी मार्चपास प्रस्तुत गर्दै । तस्बिरः किरणराज विष्ट/रासस

गणतन्त्र दिवस समारोह,  तस्बिरः किरणराज विष्ट/रासस