तीन वर्षभित्र ९० प्रतिशत नागरिकलाई स्वास्थ्य बीमामा समेटिने

काठमाडौँ, १५ जेठ । सरकारले मुलुकको स्वास्थ्य बीमा कार्यक्रममा व्यापक हेरफेर र नीतिगत सुधार गर्ने घोषणा गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सङ्घीय संसद्मा प्रस्तुत गर्दै हाल जीर्ण अवस्थामा रहेको स्वास्थ्य बीमा कार्यक्रमलाई पुनर्संरचना गरिने जानकारी दिनुभयो।

नयाँ बजेट वक्तव्य अनुसार स्वास्थ्य बीमा प्रणालीलाई एकीकृत गर्दै एकल भुक्तानी विधि (सिंगल पेमेन्ट सिस्टम) लागू गरिनेछ। “स्वास्थ्य बीमाको सर्वव्यापीकरण गरी आगामी तीन वर्षभित्र ९० प्रतिशत नेपाली नागरिकलाई यसको दायरामा ल्याउने लक्ष्य राखिएको छ, जसबाट सर्वसाधारणको व्यक्तिगत उपचारमा हुने खर्च उल्लेख्य रूपमा कटौती हुनेछ,” अर्थमन्त्री वाग्लेले भन्नुभयो। यसैगरी, सडक दुर्घटना र आकस्मिक ट्रमाबाट हुने जनधनको क्षति न्यूनीकरण गर्न छुट्टै ‘राष्ट्रिय ट्रमा नीति’ तर्जुमा गरिने बजेटमा उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *