विपक्षीको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौँ, २५ जेठ । प्रतिनिधि सभाको आजको बैठक विपक्षी दलहरूको अवरोधका कारण स्थगित भएको छ। सभामुख डीपी अर्यालले संसद् सुचारु गर्न नसकेपछि आजै १५ मिनेटपछि बस्ने गरी बैठक स्थगित गर्नुभएको हो।

बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्री बालेन शाहले दिएको विवादित अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने र प्रधानमन्त्री आफैँ सदनमा उपस्थित भएर माफी माग्नुपर्ने अडान राख्दै अवरोध सिर्जना गरेका थिए।

सभामुखले विपक्षी दलका सांसदहरूलाई आ-आफ्नो स्थानमा बस्न र संसद्को नियमित कार्यसूची अगाडि बढाउन पटक-पटक आग्रह गरे पनि अवरोध जारी रहेपछि बैठक केही समयका लागि स्थगित गरिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *