ट्राफिक नियम उल्लङ्घन गर्ने १,७८२ सवारीचालक कारबाहीमा

काठमाडौँ, ७ असार । काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने १ हजार ७८२ जना सवारीचालकहरू बितेको २४ घण्टामा कारबाहीमा परेका छन्। यस कारबाहीवापत जरिवाना स्वरूप संकलन भएको कुल ४ लाख ९४ हजार रुपैयाँ राजस्व राज्यकोषमा दाखिला भएको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार कारबाहीमा परेकाहरूमध्ये मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ८३, नियम विपरीत ‘राइड सेयरिङ’ गर्ने ७५, ट्राफिक संकेत बत्ती (ट्राफिक लाइट) उल्लंघन गर्ने ८२ र तीव्र गतिमा सवारी चलाउने ११० जना रहेका छन्।

यसैगरी लेन अनुशासन पालना नगर्ने ६५, निषेधित क्षेत्रमा हर्न बजाउने ७१, फुटपाथ (सडकपेटी) मा जथाभाबी पार्किङ गर्ने ८७, एकतर्फी (वान-वे) बाटोमा सवारी कुदाउने ६८ र अन्य विविध ट्राफिक नियम उल्लंघन गर्ने १ हजार १४१ जना चालकहरूलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *