एमालेको सचिवालय र संसदीय दलको बैठक बस्दै

काठमाडौं, ९ असार । नेकपा (एमाले)ले संसदीय दलसँगै सचिवालय बैठक बोलाएको छ । उपाध्यक्ष विष्णु पौडेललाई गिरफ्तार गरेपछि एमालेले दुबै बैठक बोलाएको हो । ममसामयिक राजनीतिक घटनाक्रमसँगै उपाध्यक्ष विष्णु पौडेलको पक्राउपछि उत्पन्न परिस्थिति र पार्टीको आगामी रणनीतिबारे बैठकमा छलफल हुने एमालेले जानकारी दिएको छ । ‘नेकपा (एमाले) संसदीय दलको बैठक आज दिउँसो २ पार्टी केन्द्रीय कार्यलय च्यासल र सचिवालय बैठक आज साँझ ६ बजे अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा बस्ने जानकारी प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिनुभयो ।