संसद्‌मा प्रतिपक्षीको विरोध जारी, सीमा विवाद र अतिक्रमणको समस्या समाधान गर्न माग

काठमाडौँ, ३० असार । प्रतिनिधिसभाको बैठक प्रारम्भ भएको छ। सभामुख डोलप्रसाद अर्यालले बैठक सुरु भएको घोषणा गर्नासाथ प्रतिपक्षी दलका सांसदहरूले आ–आफ्नो सिटबाट उठेर विरोध जनाएका छन्।

प्रतिपक्षी सांसदहरूको विरोधका बीच सभामुख अर्यालले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद गणेश ठगुन्नालाई संसद्‌मा बोल्न समय दिएका थिए। सम्बोधनका क्रममा सांसद ठगुन्नाले नेपालको भौगोलिक अखण्डता र सार्वभौमिकताको रक्षाका लागि नेपाली पुर्खाहरूले पुर्‍याएको योगदानको स्मरण गरे।

सांसद ठगुन्नाले दुई छिमेकी देशबीच देखिँदै आएको सीमा विवाद र अतिक्रमणको समस्या समाधान गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराए। उनले सीमा जस्तो राष्ट्रिय संवेदनशीलताको विषयमा देखिएका विवादहरूलाई कूटनीतिक पहल कदमीमार्फत शीघ्र समाधान पहिल्याउन सरकारसँग माग गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *