एमालेद्वारा संघीय सांसदहरूसँग अन्तरक्रिया, शीर्ष नेताहरूको सहभागिता (तस्बिरहरू)
काठमाडौँ, ३ साउन । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आफ्ना संघीय सांसदहरूसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ।
ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित उक्त कार्यक्रममा संसद्मा पार्टीको भूमिकालाई प्रभावकारी बनाउने र समसामयिक राजनीतिक विषयहरूमा छलफल भएको छ।
अन्तरक्रिया कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल, उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ लगायतका शीर्ष नेताहरूका साथै प्रतिनिधि सभा र राष्ट्रिय सभाका एमाले सांसदहरूको सहभागिता रहेको छ।