दाङमा निर्माणाधीन घरको पानी ट्यांकीभित्र दुई पुरुषको शव फेला

दाङ, ६ साउन । दाङको तुलसीपुर उपमहानगरपालिकामा एक निर्माणाधीन घरको पानी ट्यांकीभित्र दुई जना पुरुषको शव फेला परेको छ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६, रजौरामा बन्दै गरेको घरको पानी ट्यांकीभित्र आज शव फेला परेको हो। घटनाको जानकारी पाएलत्तै प्रहरी टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

मृत फेला परेका दुवै जनाको पहिचान खुल्न बाँकी रहेको छ। घटनाको प्रकृति हेरी प्रहरीले शव संकलन गरी पोस्टमार्टमका लागि पठाउने तयारी गरेको छ भने घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *