पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डो फिफामाथि गम्भीर आरोप लगाइएको पोस्टमा ‘लाइक’ गरेपछि फेरि विवादमा

काठमाडौं, ६ साउन । पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डो बेलाबखत विवादमा आइरहने नाम हो । पछिल्लो पटक फेरि रोनाल्डो विवादमा तानिएका छन् । रोनाल्डोले फिफामाथि गम्भीर आरोप लगाइएको एउटा इन्स्टाग्राम पोस्टमा ‘लाइक’ गरेपछि उनी विवादमा आएका हुन् ।

लिओनल मेसी रोनाल्डोका प्रतिस्पर्धी फुटबलर हुन् । रोनाल्डोले फिफाले लिओनल मेसीको टोली अर्जेन्टिनालाई फाइनलसम्म पुग्न मद्दत गरेको आरोप लगाइएको पोस्टमा आफ्नो आधिकारिक इन्स्टाग्राम अकाउन्टबाट लाइक गरेपछि उनका फ्यानहरु आक्रोशित बनेका हुन् ।

फाइनलमा स्पेनले अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० ले पराजित गर्नु अघि स्पेनिस टेलिभिजन कार्यक्रम ‘एस्पेजो पुब्लिको’ ले पोस्ट गरेको एक भिडियो पत्रकार पिलर रोड्रिग्वेज लोसान्टोसले अर्जेन्टिनाको फाइनलसम्मको यात्रामाथि प्रश्न उठाएकी थिइन्।

उनले अर्जेन्टिना ५ खेलअघि नै बाहिरिनुपर्ने टोली थियो, भन्दै फिफाको मद्दतले यहाँसम्म पुगेको उल्लेख गरेकी थिइन् । उनले फिफा यो पृथ्वीकै सबैभन्दा भ्रष्ट संस्थाहरूमध्ये एक भएको पनि दाबी गरेकी थिइन । त्पहि पोष्टमा रोनाल्डोले ‘लाइक’ गरेपछि उनी विवादित बनेका हुन् । रोनाल्डोले अहिलेसम्म सार्वजनिक स्पष्टीकरण दिएका छैनन्। यद्यपि, उनको अकाउन्टबाट गरिएको ‘लाइक’ को स्क्रिनसट सामाजिक सञ्जालमा भाइरल छ।

पोस्टमा स्पेनी पत्रकार लोसान्टोसले अर्जेन्टिनासँग अलिकति पनि डराउँदिन भन्दै आफुलाई जियानी इन्फान्टिनोसँग बढी डर लाग्छ भनेकी थिइन । उनले आफ्नो विचारमा आफूहरु अर्जेन्टिनाविरुद्ध होइन, बरु पूरै फिफाविरुद्ध खेल्दैछौँ, जो लियोनल मेसीलाई विश्वकप सुम्पिन चाहन्छन् भन्दै विरोध गरेकी थिइन ।