सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरु
काठमाडौँ, १४ साउन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरु भएको छ।
प्रधानमन्त्रीको अध्यक्षतामा केहीबेर अघि सुरु भएको यस बैठकमा सुनसरीको देवानगन्जमा भएको हिंसात्मक झडपपछिको सुरक्षा संवेदनशीलता र मुलुकको समग्र शान्ति सुरक्षाको पछिल्लो अवस्थाबारे समीक्षा भइरहेको छ।
संवैधानिक प्रावधानअनुसार प्रधानमन्त्री राष्ट्रिय सुरक्षा परिषद्को अध्यक्ष रहने व्यवस्था छ। बैठकमा परिषद्का सदस्यहरूका रूपमा रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, नेपाल सरकारका मुख्यसचिव, नेपाली सेनाका प्रधानसेनापति र रक्षा मन्त्रालयका सचिवको सहभागिता रहेको छ।