स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. सुवास प्याकुरेल नियुक्त
काठमाडौँ, १४ साउन । सरकारले स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. सुवास प्याकुरेललाई नियुक्त गरेको छ।
नवनियुक्त अध्यक्ष डा. प्याकुरेललाई स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले आज पद तथा गोपनीयताको शपथ गराउनुभएको छ।
मन्त्रालयका अनुसार डा. प्याकुरेललाई खुला प्रतिस्पर्धाका आधारमा योग्यता र क्षमताको मूल्याङ्कन गरी बोर्डको अध्यक्ष पदमा नियुक्त गरिएको जनाएकाे छ ।