आज यी स्थानमा हुनेछ वर्षा, केहि स्थानमा भारी वर्षाको पनि सम्भावना

काठमाडौं, २५ भदौ । आज देशभरि साधारणतया बादल लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्र तथा मधेश प्रदेशसहित बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागका एक-दुई स्थानमा भने भारी वर्षा हुने सम्भावना रहेको छ।

महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्मको वर्षा वा हिमपात हुने सम्भावना छ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका धेरै स्थान र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुनेछ। यसैगरी मधेश प्रदेशसहित बागमती र गण्डकी प्रदेशका तराई भूभागका धेरै स्थान, कोशी र लुम्बिनी प्रदेशका तराईका केही स्थान तथा सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका थोरै स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित मध्यमसम्मको वर्षा हुने प्रक्षेपण गरिएको छ।

आज राति पनि देशभर साधारणतया बादल लागिरहनेछ। हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्मको वर्षा वा हिमपात हुनेछ भने पहाडी भूभागका केही स्थान र तराई भूभागका थोरै स्थानमा समेत मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्हरूले जनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *