सुनको मूल्य घट्यो, चाँदीकाे बढ्यो

काठमाडाैं, १९ असोज । नेपाली बजारमा साेमबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँ घटेर दुई लाख ९१ हजार ५०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन आइतबार सुन प्रतितोला दुई लाख ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँ बढेर चार हजार ४३० रुपैयाँ पुगेको छ। आइतबार चाँदी प्रतितोला चार हजार ३९० रुपैयाँमा कारोबार भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *