स्थानीय बजारमा सुन–चाँदीको मूल्य घट्यो, कति पुग्याे ताेलाकाे ?

काठमाडौँ, ३० भदौ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन प्रतितोला रु नौ सय र चाँदी रु २० ले घटेको छ।

महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु तीन लाख १०० र चाँदी प्रतितोला रु चार हजार ६०० कायम भएको छ।

सोमबार छापावाल सुन प्रतितोला रु तीन लाख एक हजार र चाँदी प्रतितोला रु चार हजार ६२० कायम भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *