गत आवमा सात खर्ब २० अर्बभन्दा बढीको घरजग्गा कारोबार
काठमाडौँ, ३० भदौ । गत आर्थिक वर्षमा रु सात खर्ब २० अर्ब ८६ करोड बराबरको घरजग्गाको कारोबार भएको छ। नेपाल राष्ट्र बैङ्कको आर्थिक अनुसन्धान विभागले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८२/८३ मा घरजग्गाको कारोबारमा उल्लेख्य बढोत्तरी भएको छ।
राष्ट्र बैंकका अनुसार अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा रु तीन खर्ब ८६ अर्ब १५ करोड बराबरको घरजग्गा कारोबार भएको थियो। यस हिसाबले आर्थिक वर्ष २०८२/८३ मा घरजग्गाको कुल कारोबार सङ्ख्या अघिल्लो आवको तुलनामा चार दशमलव ७४ प्रतिशतले बढेको छ।
यसअघि भने घरजग्गा कारोबारमा गिरावट देखिएको थियो। आव २०८०/८१ को तुलनामा आव २०८१/८२ मा घरजग्गाको कारोबार सङ्ख्या एक दशमलव ८४ प्रतिशतले घटेको थियो।
