मुगु केन्द्रविन्दु बनाएर आज बिहान दुईपटक गयाे भूकम्प

काठमाडौँ, ३१ भदौ । मुगु जिल्लालाई केन्द्रविन्दु बनाएर आज बिहान दुईपटक भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार बिहान १ः५१ बजे र ४ः२८ बजेकाे समयमा भूकम्प गएको हो।

केन्द्रका अनुसार बिहान १ः५१ बजे ४.५ म्याग्निच्युड र ४ः२८ बजे ४.२ म्याग्निच्युडको भूकम्प गएकाे जनाएकाे छ । पहाडी जिल्लामा भूकम्पकाे जाेखिम उच्च मानिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *