जनकपुरकाे एक घरमा आगलागी हुँदा पूर्वशिक्षिकाको जलेर मृत्यु

जनकपुरधाम, ४ असोज । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक पूर्वशिक्षिकाको जलेर मृत्यु भएको छ।

जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्दचोकस्थित घरमा जलेर ७० वर्षीय किशोरी सहनीको मृत्यु भएको हो। राति अचानक घरमा आगलागी हुँदा भाग्न नसकेकी उनको जलेर मृत्यु भएको स्थानीयले बताएका छन्।

महोत्तरीको लोहारपट्टी नगरपालिका–२ निवासी सहनी अवकासप्राप्त शिक्षिका हुन्। उनकी नातिनीले भने भागेर ज्यान जोगाएकी छन्।

विद्युत् सर्ट भई आगलागी भएको हुनसक्ने प्रहरीको आशङ्का छ। घटनास्थलमा अहिले अनुसन्धानको काम भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *