धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु
काठमाडौँ, असोज ४ । धनकुटाको छथर जोरपाटी गाउँपालिका-३ बञ्चरेमा टाटा सुमो दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।
ताङ्खुवाबाट धनकुटातर्फ आउँदै गरेको सुमो आज दुर्घटनामा परेको धनकुटाका प्रहरी नायब उपरीक्षक हेमन्त भण्डारीले जानकारी दिनुभयो । मृतकको परिचय खुल्न सकेको छैन ।
दुर्घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा परिचालन गरिएको र घटनाबारे थप विवरण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ ।
