सुन प्रतितोला २१ सय रुपैयाँ बढ्यो, चाँदी पनि महँगियो
काठमाडौँ, ४ असाेज । नेपाली बजारमा सुनको मूल्य फेरि बढेको छ । आइतबार सुनको मूल्य प्रतितोला २ हजार १ सय रुपैयाँले बढेर ३ लाख ५ हजार २ सय रुपैयाँ पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ३ लाख ३ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार बढेर नयाँ दर कायम भएको हो ।
त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । महासंघले चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढाएर ४ हजार ७ सय ९५ रुपैयाँ तोकेको छ ।
यसअघि चाँदी प्रतितोला ४ हजार ७ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।
