अब सबैजना कोर्स करेक्सनमा जानुपर्छ अध्यक्ष र मेरो बीचमा फाटो ल्याउन खोजियोः महासचिव पोखरेल

 

काठमाडौँ, ६ असोज । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी ओलीलााई हटाउन खोजेको नभई पुनर्गठनको सुझावलाई गलत रूपमा बुझिएको बताउनु भएको छ ।

पार्टी केन्द्रीय कमिटी बैठकको दोस्रो दिन सम्बोधनको क्रममा पोखरेलले अध्यक्ष र आफूबीच फाटो ल्याउन खोजिएको भन्दै अध्यक्षले पनि आफूलाई हटाउन खोजेको रूपमा बुझ्न नहुने बताउनु भएको एक नेताले जानकारी दिए । उहाँले पार्टीमा विग्रह ल्याउने काम आफूले नगर्ने स्पष्ट बताएको ती नेताले जानकारी दिए । ‘अध्यक्षले मैले हटाउने कुरा गरेको बुझ्नुभएछ,’ उहाँले राखेको भनाईबारे ती नेताले भने, ‘कार्यदलमा आएको सुझावको आधारमा अब सबैजना कोर्स करेक्सनमा जानुपर्छ भनेका हौँ । उहाँ र मेरो बीचमा फाटो ल्याउन खोजियो । दूरी बढ्यो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *