आज सुन महँगियो, चाँदी सस्तियो

काठमाडौँ, २२ असोज । स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु ५०० ले बढेर दुई लाख ९२ हजार ८०० रुपैयाँ कायम भएको छ। बुधबार छापावाल सुन प्रतितोला दुई लाख ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी चाँदीको मूल्य प्रतितोला रु ३५ ले घटेर चार हजार ३९० रुपैयाँ कायम भएको छ। बुधबार चाँदी प्रतितोला चार हजार ४२५ रुपैयाँमा कारोबार भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *