साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो
काठमाडौँ, असोज ७ । साउदी अरबको ९६औँ राष्ट्रिय दिवसका अवसरमा नेपालमा आज विशेष समारोह आयोजना गरिएको छ ।
नेपालका लागि साउदी अरबका राजदूत फहद मोहम्मद ए म्निखरले आयोजना गर्नुभएको समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल प्रमुख अतिथिका रूपमा सहभागी हुनुभयो ।
समारोहमा मन्त्रिपरिषद्का सदस्य, नेपाल सरकारका उच्च अधिकारी, नेपालस्थित विभिन्न कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, वरिष्ठ सञ्चारकर्मी, समाजका प्रतिष्ठित व्यक्तित्व तथा साउदी अरबका मित्रराष्ट्रका प्रतिनिधिको सहभागिता थियो ।
सो अवसरमा राजदूत म्निखरले साउदी अरबको राष्ट्रिय दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै राजा अब्दुलअजिज बिन अब्दुर्रहमान अल साउदको नेतृत्वमा एकीकरण भएको साउदी अरबले पुस्तौँदेखि आफ्ना मूल्य, पहिचान र परम्पराको संरक्षण गर्दै प्रगतिपथमा अघि बढिरहेको बताउनुभयो ।
यस वर्ष साउदी अरबको राष्ट्रिय दिवसको मूल सन्देश ‘हाम्रो गौरव हाम्रो प्रकृतिमा’ रहेको छ । राष्ट्रिय दिवस साउदी अरबको एकीकरणको स्मरणमा प्रत्येक वर्ष मनाइन्छ ।
नेपाल र साउदी अरबबीच सन् १९७७ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो । कूटनीतिक सम्बन्ध स्थापना भएयता दुई देशबीच मैत्रीपूर्ण सम्बन्ध निरन्तर विस्तार हुँदै आएको छ । विभिन्न क्षेत्रमा सहकार्य तथा आपसी सम्बन्धलाई थप सुदृढ बनाउने प्रयास हुँदै आएको छ ।
ट्रेन्डिङ
सबैसम्बन्धित खबर
संयुक्त राष्ट्रसङ्घमा इरानी राष्ट्रपति पेजेस्कियानको चेतावनी: “धम्कीको अगाडि घुँडा टेक्दैनौँ, तर कूटनीतिका लागि ढोका खुल्लै छ”
एसियाली खेलकुदमा १३ वर्षीया चीनियाँ पौडीवाज यु जिदीको नयाँ कीर्तिमान, जितिन् तेस्रो स्वर्ण
संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसले महासभामा नेपाल सम्झिदैँ भन्नुभयो–जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ
