मौसम प्रणाली थप शक्तिशाली बन्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा

काठमाडौँ, ८ असाेज । पछिल्लो १२ घण्टामा लुम्बिनी प्रदेशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षा भएको छ। कोशी र गण्डकी प्रदेशमा पनि भारी वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

हाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ। साथै, बङ्गालको खाडीमा रहेको न्यून चापीय क्षेत्र पश्चिम–मध्य तथा आसपासको उत्तर–पश्चिमी बङ्गालको खाडीमा गहिरो न्यून चापीय क्षेत्रका रूपमा रहेको छ।

उक्त मौसम प्रणाली आगामी दिनमा थप शक्तिशाली बन्दै पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्ने सम्भावना रहेकाले त्यसको प्रभाव देशभरको मौसममा परेको महाशाखाले जनाएको छ।

महाशाखाले वर्षाका कारण हुनसक्ने सम्भावित जोखिमप्रति सतर्क रहन र मौसमसम्बन्धी थप जानकारी तथा पूर्वानुमानमा ध्यान दिन आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *