बाढीको बितण्डाः पर्वतमा ८० घर बगे, पाल्पामा घर पुरिदा एकको मृत्यु, २ बेपत्ता

काठमाडौं, ११ असोज । पाल्पामा घर पुरिदा एकको मृत्यु , २ बेपत्ता आइतबार बिहान ४ बजे पाल्पा जिल्ला माथागढी गाउँ पालिका– ३ भैसेकट्टामा पहिरोले घर र गोठ पुरिदा १ जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता भएका छन् ।

अविरल वर्षाका कारण पहिरो आई १ घर १ गोठ पुरिएर सोही ठाउँका वर्ष ७५ को लिलबहादुर घर्ती मगरको शव फेला परेको शसस्त्र प्रहरीबलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो । थापाका अनुसार लिलबहादुरकी १७ वर्षीया छोरी दिना घर्ती मगर र वर्ष १५ की झरना घर्ती बेपत्ता छन् ।

पहिरोले ३ जना हराइरहेको भन्ने खबर प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. ३५ गुल्म, नेपाल प्रहरी र जेसिविको सहायताले उद्धार कार्य पनि थापाले जानकारी दिनुभयो । सोही स्थानका अन्य केही घर समेत जोखिममा रहेको बुझिएको छ ।
त्यसैगरी पर्वत जिल्ला जलजला गाउँ पालिका–८ स्थित फर्से बस्तिमा कालीगण्डकी नदीको बहाव बस्तीमा पस्दा अन्दाजी ८० वटा घर बगाएको छ । हिजो राती देखिनै बाढी बस्तिमा पस्न शुरु भएपछि मानिसहरू सुरक्षित स्थानमा गएको बुझिएको छ ।

सहप्रवक्ता थापाका अनुसार मानवीय क्षति भए– नभएको अझै एकिन हुन सकेको छैन । अन्य घरहरु समेत उच्च जोखिममा रहेकोको भन्ने खबर प्राप्त हुन साथ सशस्त्र प्रहरी बल नेपाल नं. २५ चन्डिका गण पर्बत र नेपाल प्रहरीको संयुक्त टोलीले जिन्सी सर–सामान तथा सबै स्थानियहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ भने बिजुली नभएको र फोन सम्पर्कमा समेत समस्या आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *