पहिरो खसेपछि बेँसीसहर–चामे सडक पूर्णरूपमा अवरुद्ध

लमजुङ, ११ असोज । पहिरो खसेपछि बेँसीसहर–चामे सडक पूर्णरूपमा अवरुद्ध भएको छ।

बेँसीसहर नगरपालिका–६ खरखरे भिरमा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर क्षेत्रीका अनुसार पहिरो खसेको स्थानभन्दा करिब २०० मिटर उत्तरतर्फ सडकसमेत भासिएको छ।

लगातार वर्षा भइरहेकाले पहिरो पन्छाउन तथा भासिएको सडक मर्मतसम्भार गर्न कठिन भइरहेको प्रहरीले जनाएको छ। सडक अवरुद्ध भएपछि उक्त सडकखण्डमा यातायात प्रभावित भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *