कान्ति लोकपथ एकतर्फी खुल्यो, पूर्ण सञ्चालनका लागि मर्मत गर्दै

काठमाडौं, १३ असोज । अविरल वर्षाका कारण पहिरो जाँदा केही दिनदेखि पूर्णरूपमा अवरुद्ध कान्ति लोकपथ आजदेखि एकतर्फी सञ्चालनमा आएको छ ।

असोज ८ देखि ११ गतेसम्म परेको भारी वर्षाले कान्ति लोकपथका विभिन्न खण्डमा पहिरो खस्दा काठमाडौं–हेटौँडा जोड्ने छोटो मार्ग अवरुद्ध भएको थियो । सडक अवरुद्ध भएपछि यात्रु तथा सवारीसाधन प्रभावित भएका थिए ।

सडक अवरुद्ध भएलगत्तै सडक डिभिजन कार्यालयले प्राविधिक टोली तथा उपकरण परिचालन गरी पहिरो पन्छाउने काम थालेको थियो । लामो प्रयासपछि पहिरो हटाएर हालका लागि एकतर्फी सवारी आवागमन सञ्चालनमा ल्याइएको हो ।

यद्यपि, निरन्तरको वर्षाका कारण सडकका विभिन्न भाग अझै जोखिमपूर्ण अवस्थामा रहेकाले सावधानीपूर्वक यात्रा गर्न सम्बन्धित निकायले आग्रह गरेका छन् ।

सडकलाई पूर्ण क्षमतामा दुईतर्फी सञ्चालनमा ल्याउन आवश्यक मर्मत तथा सुधारको काम भने जारी रहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *