गाँजासहित युवक पक्राउ

काठमाडौँ, असोज २२ । भोजपुर प्रहरीले २४४ किलो ७०० ग्राम गाँजासहित एक युवकलाई पक्राउ गरेको छ । प्रहरीले हतुवागढी गाउँपालिका ९ स्थित धिरिङ खोलाको बगरबाट आमचोक गाउँपालिका ७ का १९ वर्षीय एकराज मगरलाई उक्त परिमाणको गाँजासहित पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर खड्काका अनुसार विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले मगरलाई नियन्त्रणमा लिएको हो । उहाँका अनुसार मगरको साथबाट छ बोरा गाँजा, एउटा मोटरसाइकल र मोबाइलसमेत बरामद गरिएको छ ।

पक्राउ परेका मगरलाई बरामद गाँजासहित अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ । लागूऔषध गाँजासम्बन्धी कसुरमा भोजपुर जिल्ला अदालतबाट २० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राकेश राईले जानकारी दिनुभयो ।

प्रहरीले जिल्लामा गाँजा खेती तथा यसको ओसारपसार नियन्त्रणका लागि अभियान सञ्चालन गर्दै आएको छ । अभियानअन्तर्गत गत भदौमा ८२ रोपनी क्षेत्रफलमा लगाइएको ३६ हजार ९० बोट गाँजा नष्ट गरिएको थियो ।

त्यस्तै, असोजमा ३४ रोपनी क्षेत्रफलमा लगाइएको नौ हजार ५५० बोट गाँजा नष्ट गरिएको प्रहरीले जनाएको छ । प्रहरीले गाँजा खेती तथा ओसारपसार नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाउने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *