जनकपुरधाम र लालगढमा ‘रिफ्रेस सेन्टर’ स्थापना
सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्य
काठमाडौँ, असोज २३ । चाडपर्वका समयमा सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले जनकपुरधाम र लालगढमा ‘रिफ्रेस सेन्टर’ स्थापना गरिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनकपुरधामको रामानन्द चोक र लालगढस्थित ट्राफिक बिटमा सेन्टर सञ्चालनमा ल्याएको हो । लामो दूरीको यात्रा गर्ने सवारीचालक तथा यात्रुलाई थकाइ मेटाउन र केही समय आराम गर्न सहज होस् भन्ने उद्देश्यले सेन्टर स्थापना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
कार्यालय प्रमुख खगेन्द्रकुमार दाहालका अनुसार सेन्टरमा चालक तथा यात्रुलाई आराम गर्ने, चियापानी पिउने र आवश्यक परामर्श लिने व्यवस्था गरिएको छ ।
चाडपर्वका बेला सडकमा सवारीसाधनको चाप बढ्ने र लामो समयसम्म सवारी चलाउँदा चालकमा थकानका कारण दुर्घटनाको जोखिम बढ्न सक्ने भएकाले यस्तो व्यवस्था गरिएको उहाँले बताउनुभयो । सेन्टरबाट चालकलाई आवश्यक विश्राम लिन प्रोत्साहित गरी सम्भावित सडक दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
ट्रेन्डिङ
सबै
१
३
चिनियाँ अन्तरिक्ष मिसनमा पहिलो पाकिस्तानी यात्री
सम्बन्धित खबर
प्राप्त सुझाव समेटेर निर्वाचन आयोगको रणनीतिक योजना परिमार्जनसहित कार्यान्वयन गरिने
