पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक सर्वसाधारणको मृत्यु, १४ जना घाइते (नामसहित)

कास्की, २३ असाेज । पोखरामा स्कुल बस दुर्घटना हुँदा चार विद्यार्थी र एक सर्वसाधारण गरी पाँच जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य १४ जना घाइते भएका छन्।

प्रहरीका अनुसार पोखरा महानगरपालिका–२८ माइलथानबाट कालिकातर्फ जाँदै गरेको बस दुर्घटनामा परेको हो। मृत्यु हुनेमा विद्यार्थी ममता तिवारी, अशिम कँडेल, नामथर नखुलेका दुई बालिका र पोखरा महानगरपालिका–२८ निवासी ६५ वर्षीय बाबुराम तिवारी रहेका छन्।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानका अनुसार बाबुराम तिवारी उपचारका लागि जान बसमा लिफ्ट मागेर चढेका थिए। मृत्यु भएका विद्यार्थीको उमेर करिब १३ देखि १४ वर्ष रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएकाहरूको गण्डकी मेडिकल कलेज (जीएमसी) र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको गण्डकी अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीका अनुसार गण्डकी मेडिकल कलेजमा उपचाररत घाइते तीनै जनाको अवस्था मध्यम रहेको छ। उनीहरू कक्षा १० मा अध्ययनरत विद्यार्थी हुन्। घाइते मध्य एक जनाकाे अवस्था गम्भिर रहेकाे प्रहरीले जनाएकाे छ ।

 

गण्डकी मेडिकल कलेज मा उपचारत घाइतेहरु:-

१.जिल्ला कास्की पोखरा म.न.पा. २८ सौर्य बस्ने १६ वर्षीया सृष्टि तिवारी(कक्षा १० मा अध्यनरत) अवस्था मध्यम,

२.ऐ.ऐ. २८ सौर्य बस्ने १६ वर्षीय शिसन थापा मगर(कक्षा १० मा अध्यनरत) अवस्था मध्यम,

३. ऐ.ऐ. २८ डाडागाउँ बस्ने १६ वर्षीय सौगात तिमिल्सिना(कक्षा १० मा अध्यनरत) अवस्था मध्यम ।

पोखरा स्वास्थ विज्ञान प्रतिष्ठान गण्डकी अस्पतालमा उपचारत घाइतेहरु:-

१.जिल्ला कास्की पोखरा म.न.पा. २८ बस्ने ऐ.ऐ. बस्ने वर्ष १५ कि अस्मी कँडेल- अवस्था सिरियस ।

२.ऐ.ऐ. बस्ने वर्ष १४ की स्नेहा गौतम- अवस्था मध्यम ।

३.ऐ.ऐ. बस्ने वर्ष १३ की सोनिया तिवारी-टाउकोमा चोट, अवस्था मध्यम ।

४. ऐ.ऐ. वर्ष १३ को अंकित पराजुली-टाउकोमा चोट, अवस्था मध्यम ।

५.ऐ. मादी गा.पा. १२ बस्ने वर्ष १५ की स्मृती खत्री- टाउकोमा चोट, अवस्था मध्यम ।

६. ऐ.ऐ.बस्ने वर्ष १६ की स्नेहा तिवारी-टाउकोमा चोट, अवस्था मध्यम ।

७. ऐ.ऐ. बस्ने वर्ष १४ की आकृती बुढाथोकी-टाउकोमा चोट, अवस्था मध्यम ।

८. ऐ.ऐ. बस्ने वर्ष १५ की मेरिना तिवारी- टाउकोमा चोट, अवस्था मध्यम ।

९. ऐ.ऐ. वर्ष १४ की सुप्रिया आचार्य- टाउकोमा चोट, अवस्था मध्यम ।

१०. ऐ.ऐ. बस्ने वर्ष १६ को यमन मगर- टाउकोमा चोट, अवस्था मध्यम ।

११.चालक:- जिल्ला कास्की पोखरा १५ बस्ने वर्ष ५७ को तुल बहादुर गुरुङ- अवस्था मध्यम ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *