वर्षाले विभिन्न राजमार्ग अवरुद्ध

नदी कटान र पहिरो

काठमाडौँ,  असोज २४ । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन् । नदी कटान र पहिरोका कारण पृथ्वी राजमार्ग, कालीगण्डकी करिडोर र कान्तिलोकपथमा यातायात सेवा प्रभावित भएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार धादिङको गजुरी गाउँपालिका ५ गलौदीस्थित पृथ्वी राजमार्गमा त्रिशूली नदीले सडक कटान गरेपछि उक्त खण्डमा यातायात अवरुद्ध भएको छ ।

यसैगरी, गुल्मीको कालीगण्डकी गाउँपालिका २ राक्सेस्थित कालीगण्डकी करिडोरमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

ललितपुरको बागमती गाउँपालिका ३ टाकुर्चेस्थित कान्तिलोकपथ पनि पहिरोका कारण अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

सडक अवरुद्ध हुँदा यात्रु तथा सवारीसाधनको आवागमन प्रभावित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *