भदौ १० गतेको बाढीबाट प्रभावित १८ परिवारलाई एमालेले बनाइदियो घर–टहरा, राज्यको उपस्थिति खोई ?
काठमाडौं, २८ असोज । भोटेकोशीको बाढीले रसुवा, नुवाकोटलगायतका जिल्लामा अकल्पनीय क्षति गरेको दुई महिना व्यतीत हुन लाग्यो । तर, सरकारले अहिलेसम्म त्यहाँ के–के भैरहेको छ भनेर खास प्रगति विवरण दिन सकिरहेको छैन ।
अहिले पनि ती स्थानहरुमा बाढी पीडितलाई राहत तथा बासस्थानका लागि राज्यले के–के गरिरहेको छ भन्ने पनि तथ्याङ्क राज्यले दिन सकिरहेको छैन । तर, सत्ता बाहिर रहेको दल नेकपा (एमाले) ले भने अहिले त्यो ठाउँमा अस्थायी घर–टहरा निर्माण गर्ने, पीडितलाई बासस्थानको व्यवस्था गर्ने जस्ता कार्यमा आफूलाई केन्द्रित गरेको छ ।
आज मात्रै पनि नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले विदुर नगरपालिकाको पिपलटारमा गत भदौ १० गतेको बाढीबाट प्रभावित १८ परिवारलाई घर–टहरा हस्तान्तरण गर्नुभएको छ । एमालेले यो अभियानलाई अझै तिव्रताका साथ अघि बढाउने जानकारी दिएको छ ।
