मनसुन पूर्ण रूपमा बाहिरियो
यस वर्षको मनसुन
काठमाडौँ, २८ असोज । यस वर्षको मनसुन आजदेखि नेपालका सम्पूर्ण भूभागबाट बाहिरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार गत असोज १७ गतेदेखि मनसुन बाहिरिन सुरु भएको थियो । यस वर्ष मनसुन विगतका वर्षको तुलनामा १२ दिन ढिलो गरी पूर्ण रूपमा बाहिरिएको हो ।
मनसुन बाहिरिए पनि स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव भने कायम रहेको महाशाखाले जनाएको छ ।
