एनपीएल : विराटनगरले टस जितेर पहिले बलिङ गर्ने
काठमाडौं, १० कात्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा विराटनगर किंग्सले चितवन राइनोजविरुद्ध पहिले बलिङ गर्ने भएको छ ।
विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका हुन् ।
चितवन राइनोजको कप्तानी रवि बोपाराले गरिरहेका छन् । यसअघिका कप्तान कुशल मल्ल भने आजको खेलमा प्लेइङ–११ मा परेका छैनन् ।
टस हारेपछि चितवनका कप्तान बोपाराले पछिल्ला नौ खेलमा आफूले टस हारेको बताए । उनले पहिले ब्याटिङ गर्दै राम्रो स्कोर बनाएर त्यसलाई जोगाउने लक्ष्य रहेको उल्लेख गरे ।
आजको खेलमा दुवै टोली जित निकाल्दै प्रतियोगितामा आफ्नो स्थिति बलियो बनाउने लक्ष्यका साथ मैदानमा उत्रिएका छन् ।
