सुनको मूल्य तोलामा ३ हजार २०० रुपैयाँ घट्यो, चाँदी पनि सस्तियो
काठमाडौं, १३ कात्तिक । नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला ३ हजार २०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ८० हजार ३०० रुपैयाँ कायम भएको छ ।
बिहीबार सुन प्रतितोला दुई लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १०५ रुपैयाँले घटेको छ । बिहीबार प्रतितोला तीन हजार ९३० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रबार तीन हजार ८२५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
