नातिलाई सपिङ गराउन ओली भाटभटेनी सुपरमार्केटमा, सर्वसाधारण ओलीसँग झुम्मिए
काठमाडौं, १८ कात्तिक । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा केटाकेटी भनेपछि मरिहत्ते गर्ने नेता हुनुहुन्छ । उहाँ केटाकेटीसँग खेल्न, जिस्किन पाउनुभयो भने समय वितेको पत्तो पाउनुहुन्छ ।
केटाकेटीसँग औधि रमाउने ओली आज नातिलाई सपिङ गराउन भक्तपुरको राधेराधेस्थित भाटभटेनी सुपरमार्केट पुग्नु भएको छ ।
उहाँ पार्टी कार्यालयबाट फर्किने क्रममा दिउँसो नातिसहित भाटभटेनी पुग्नु भएको हो । आकस्मिक रुपमा त्यहाँ पुग्नु भएका ओलीलाई भाटभटेनीका कर्मचारीहरूले स्वागत गरेका थिए। सुपरमार्केटमा उपस्थित सर्वसाधारणले ओलीसँग तस्बिरसमेत खिचाएका थिए।
