पश्चिमी वायुको प्रभाव: हिमाली तथा पहाडी भू–भागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं, २० कार्तिक । नेपालमा पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली हुनुका साथै केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो र राति देशका विभिन्न भागमा निम्न अनुसारको मौसम रहनेछ:

  • दिउँसो: कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र उच्च हिमाली भागमा हिमपातको सम्भावना रहेको छ।

  • राति: कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागमा आंशिक बदली रहनेछ। बाँकी पहाडी र तराईका भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। यद्यपि, कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपात हुनसक्छ।

  • बिहानपख: तराईका भू-भाग, काठमाडौँ उपत्यकालगायत नदी र खोँचहरूमा थोरै स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ।

हिमपात र हुस्सुका कारण जनजीवन तथा यातायातमा पर्न सक्ने आंशिक प्रभावलाई ध्यानमा राख्दै महाशाखाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *