हुम्लाको थेहे आसपास केन्द्रबिन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्प
काठमाडौं, २० कात्तिक । हुम्लाको थेहे आसपास केन्द्रबिन्दु भएर शुक्रबार बिहान भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, लैनचौरका अनुसार बिहान ७ बजेर १० मिनेट जाँदा थेहे आसपास केन्द्रबिन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्प गएको हो।
नेपाल हिमालय क्षेत्रमा अवस्थित भएकाले यहाँ विभिन्न समयमा सानाठूला भूकम्प जाने गरेका छन्।
