दाङकाे घाेराहीमा जिप दुर्घटना, एक जनाको मृत्यु, ६ घाइते

दाङ, २१ कात्तिक । दाङको घोराहीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।

मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–१२ का ४० वर्षीय शेरमान घर्ती रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याउँदा चिकित्सकले शुक्रबार बेलुकी मृत घोषणा गरेका थिए।

दुर्घटनामा घोराही–१२ का १३ वर्षीय उमेश बुढा, ६ वर्षीय विकास बुढा, २८ वर्षीय धनबहादुर घर्ती, २५ वर्षीय मानबहादुर बुढा र तुलसीपुर–१३ का ९ वर्षीय अनमोल पुन घाइते भएका छन्। उनीहरू सबैको अवस्था सामान्य रहेको र प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार शुक्रबार बेलुकी घोराही–१२ को साजखर्कबाट पश्चिम दाङको साशर खोला जाँदै गरेको भे १ ज ६०४ नम्बरको जिप अनियन्त्रित भएर दुर्घटना भएको हो।

दुर्घटनापछि प्रहरीले जिपका चालक तथा धनी घोराही–१२ का ३७ वर्षीय धमन घर्ती मगरलाई नियन्त्रणमा लिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *