विद्यालय शिक्षा विधेयकको विरोधमा शिक्षकहरू आन्दोलित (तस्बिरहरू)

काठमाडौं, ३ असाेज । विद्यालय शिक्षा विधेयकको विरोधमा शिक्षकहरू आन्दोलित भएका छन् ।

नेपाल शिक्षक महासंघको अगुवाइमा काठमाडाैंकाे माइतीघरमा भेला भएका शिक्षकहरूले आन्दोलन सुरू गरेका हुन् ।

देशभरीका शिक्षकहरू ब्यानरसहित माइतीघरमा भेला हुँदा सवारी आवागमन प्रभावित बनेका छन् ।

देशका ७७ वटै जिल्लाबाट राहत, करार, बाल विकास, स्थायी लगायतका शिक्षक कर्मचारी नेपाल शिक्षक महासंघको अगुवाइमा आन्दोलनमा उत्रिएका हुन् ।

आन्दोलित शिक्षकहरूले १८ बुँदे असहमति सहित माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म अहिले मार्चपास गरिरहेका छन् ।