डडेल्धुरामा २० वर्षीया युवतीमाथि सामूहिक बलात्कार, तीन जना पक्राउ

डडेल्धुरा, ४ असाेज । डडेल्धुरामा बिस वर्षीया युवतीमाथि सामूहिक बलात्कार भएकाे छ।प्रहरीले ति युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको हाे ।

पक्राउ पर्नेमा भागेश्वर गाउँपालिका–३ का २२ देखि २८ वर्ष उमेर समूहका युवाहरु छन् । उनीहरुसँगै सामूहिक बलात्कारमा संलग्न भएको भनिएका अर्का एक १८ वर्षीय किशोर भने फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका युवाहरूले ति युवतीमाथि फरक–फरक समय र स्थानमा सामूहिक बलात्कार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको डडेल्धुरा प्रहरीले जनाएको छ ।

प्रहरीकले पक्राउ परेकाहरुमाथि गत वैशाख ५ गते नानिगाड खोलामा र गत वैशाख १२ गते साँझ डेकामा रहेको एउटा गोठमा लगेर युवातीलाई बलात्कार गरेको किटानी जाहेरी परेकोले घटनाबारे अनुसन्धान गरिरहेको जनाएकाे छ ।